stcnepal long ad
ime life insurance
national life
global ime bank long

भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा आज काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंक प्रसाद सुवेदी तथा सन्तोष श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट श्रीमती जेलिना श्रेष्ठ निर्वाचित हुनु भएको छ भने साधारण सभाले स्वतन्त्र संचालकमा श्रीमती रीता गौतमलाई मनोनयन गरेको छ ।

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको थियो ।

IME Lifesidebar
kumari