citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

ओम्नी मुभर्सले नेपाल ल्यायो लिउगङ ब्रान्डका विश्वस्तरीय निर्माण उपकरण

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । विश्वप्रसिद्ध निर्माण उपकरण निर्माता कम्पनी चीनको ग्वाङ्सी लिउगङ मेसिनरीद्वारा उत्पादित लिउगङ ब्रान्डका निर्माण उपकरणको नेपालका लागि आधिकारिक वितरकमा ओम्नी मुभर्स प्रालि नियुक्त भएको छ ।

यस सहकार्यसँगै ओम्नी मुभर्सले नेपालमा लिउगङका निर्माण उपकरण बिक्री गर्नुका साथै बिक्रीपछिको सेवा र स्पेयर पाट्र्ससमेत उपलब्ध गराउनेछ ।

यसबाट निर्माण, सडक, जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्रमा कार्यरत व्यवसायीलाई अन्तर्राष्ट्रिय स्तरका निर्माण उपकरणमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

सन् १९५८ मा चीनको लिउझाउमा स्थापना भएको लिउगङ निर्माण उपकरण उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनी हो ।

कम्पनीले ह्विल लोडर, एक्स्काभेटर, ब्याकहो लोडर तथा मोटर ग्रेडरलगायत ३० भन्दा बढी उत्पादन शृङ्खलाका उपकरण उत्पादन गर्दै आएको छ । लिउगङका उत्पादन तथा सेवाहरू विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन् ।

ओम्नी मुभर्स प्रालि ओम्नी (काबरा) ग्रुपअन्तर्गतको कम्पनी हो । नेपाली अटोमोटिभ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव रहेको यस ग्रुपले व्यावसायिक सवारीसाधन, विद्युतीय मोबिलिटी, निर्माण उपकरण, वित्तीय सेवा, टायर तथा लुब्रिकेन्टलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

ग्रुपसँग भारत बेन्ज, चेरी वान्डा, एपोलो टायर र भल्भोलिन लुब्रिकेन्ट्सजस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरू आबद्ध छन् ।

लिउगङ र ओम्नी मुभर्सबीचको सहकार्यले नेपालमा आधुनिक निर्माण उपकरणको पहुँच विस्तार गर्नुका साथै भरपर्दो बिक्रीपछिको सेवा र प्राविधिक सहयोग उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ । यसबाट नेपाली निर्माण तथा पूर्वाधार क्षेत्रमा संलग्न ग्राहकले दीर्घकालीन लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

IME Life
ofukuro
kumari