stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा आज जेठ १८ गते सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।

समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण शेयरको चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न सभाले स्वीकृति प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभा आज जेठ १८ गते काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको थियो ।

prabhu mahalaxmi
kumari