stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साफ महिला च्यम्पियनसिप: नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोवास्थित पण्डित जवाहारलाल नेहरु रङ्गशालामा आइतबार भएको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालको यो लगातार दोस्रो जित हो ।

यसअघि समूहको पहिलो खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको थियो । नेपालको जितमा रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समय र कप्तान रेनुका नगरकोटे ६०औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै दुई खेलबाट ६ अङ्क बनाएको नेपाल समूह ‘ए’ को शीर्षस्थानमा छ । यस समूहमा भुटान र श्रीलङ्का रहेका थिए ।

यस्तै बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स रहेका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ ।

साफ महिला च्यम्पियनसिपमा पटक पटक फाइनलमा पुगेको नेपालले हालसम्म उपाधि जित्न सकेको छैन । यस पटक नेपाली टोली उपाधि जित्ने लक्ष्यका साथ गोवा गएको हो ।

prabhu mahalaxmi
kumari