stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशन सम्पन्न भएको छ । सभामुख डिपी अर्यालको प्रमुख आतिथ्यता तथा मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाको अध्यक्षतामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले समाजसेवाका लागि परिचित लायन्स क्लबले आफ्नो मूल उद्देश्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे । उनले संस्थामा राजनीतिक प्रभाव नदेखिएको भन्दै आगामी दिनमा पनि यसको शुद्ध सामाजिक चरित्र कायम रहनुपर्नेमा जोड दिए ।

कन्भेन्सन कार्यक्रममा सभामुख अर्यालसहित लायन्स क्लबको सदस्य रहेका सांसदहरु, पाष्ट डिष्ट्रिक्ट गभर्नरहरु, चालू लायन वर्ष तथा आगामी लायन वर्षका डिष्ट्रिक्ट गभर्नरहरुलाई पनि सम्मान गरिएको थियो । त्यसै गरी सामाजिक सेवाका कार्यमा उत्कृष्ट कार्य गर्ने १५ वटै डिष्ट्रिक्टका क्लब तथा लायन्स लिडरहरुलाई पनि सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

प्रमुख अतिथि अर्याल लगायत अन्य अतिथिहरुले मल्टिपल डिष्ट्रिक्ट कन्भेन्सनका अवसरमा प्रकाशित सुभेनियर र मल्टिपल डिष्ट्रिक्टले नियमित प्रकाशन गर्दै आइरहेको लायन म्यागजिन विमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीले नेपालमा लायनिज्मले गरेको प्रगतीको चर्चा गरे । उनले ५४ वर्षको इतिहासमा पहिलोपटक मल्टिपल काउन्सिल चेयरपर्सनमा महिला नेतृत्व पुगेको र सफलतापूर्वक कार्यकालसमेत सम्पन्न हुन लागेको बताउँदै मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाको प्रशंसा गरे ।

त्यसैगरी पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले आगामी जुलाई ३ देखि ७ सम्म हङकङमा हुन लागेको इन्टरनेसनल कन्भेन्सनको बारेमा जानकारी गराए । साथै उनले मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाको कार्यशैली र कुशल नेतृत्वको प्रशंसा गर्दै कार्यकाल सफल र ऐतिहासिक बनाएकोमा बधाई दिए ।

कार्यक्रममा आईडी इन्डोर्सी लायन राजन लम्सालले पनि आफ्नो भनाई राख्दै आगामी वर्षदेखि सुरु हुने इन्टरनेसनल डाइरेक्टरको कार्यकामा सहयोग गर्न आग्रह गरे ।

कार्यक्रमको अध्यक्ष तथा मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाले भदौ २३ र २४ गते भएको आन्दोलनले घर र सम्पती सखाप हुँदा लायन्स सदस्यहरुले देखाएको सहानुभूति र सहयोगका कारण नै आफुले सामाजिक सेवाका कार्यलाई निरन्तरता दिन सकेको बताइन् । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने तथा कार्यक्रम सम्पन्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन् ।

कार्यक्रमको व्यवस्थापन डिष्ट्रिक्ट ३२५ जी ले गरेको थियो । डिष्ट्रिक्ट जी का डिष्ट्रिक्ट गभर्नर लायन विधान जोशीले कन्भेन्सन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टका ६०० भन्दा बढी लायन्स लिडर तथा सदस्यहरुको सहभागिता थियो ।

prabhu mahalaxmi
kumari