stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

भारतबाट घटेर आए पनि नेपाल आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भए पनि निगमले उपभोक्ताका लागि मूल्यमा कुनै हेरफेर नगरेको जनाएको छ ।

निगमको सञ्चालक समितिको जेठ १७ गतेको निर्णयअनुसार जेठ १८ गते बिहीबार बिहान १ बजेदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्य कायम राखिएको हो ।

निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको जनाएको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र सोही कारण आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको निगमको दाबी छ ।

prabhu mahalaxmi
kumari