stcnepal long ad
global ime bank long

शिखर इन्स्योरेन्सको कुल व्यापार ४ अर्ब माथि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको चैतसम्म ७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ८०.२३ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ३ अर्ब १० करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म स्पेसल रिर्जभमा १ अर्ब ९५ करोड २९ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ४६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५ करोड ३६ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ७७ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २१ करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा ५९ करोड ८३ लाख रुपैयाँ रहेको थियो।

यसैगरी कम्पनीको बीमा कोषमा ८ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा ५ अर्ब ९५ करोड १५ लाख रुपैयाँ थियो। बीमा कोषको आकार ४०.०३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब १ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ७.५९ प्रतिशतले बढेको छ।

चालु वर्षको चैतसम्म कम्पनीले १ अर्ब ३० करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब २० करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ८.२० प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.०३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.३ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.६० रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari