stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल लाइफ इन्स्योरेन्सको २ खर्ब ६५ अर्बको जीवन बीमा कोष

व्यापारमा प्रगति, अन्य सूचक कस्ता ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ४५ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कम्पनीले ६२ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २८.५० प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड १९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७८ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १ अर्ब ४९ करोड ४० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब २५ करोड ७८ लाख रुपैयाँ र अन्य इक्विटीमा २२ करोड ३६ लाख रुपैयाँ थियो।

चालु वर्षको चैतसम्म कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा २ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १७.५९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ३७ अर्ब १० करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ३२ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.८६ प्रतिशतले बढेको छ।

कम्पनीले चालु वर्षको चैतसम्म ३६ अर्ब ७० करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.९१ प्रतिशतले बढेको छ।

शेयरपुँजी ९ अर्ब ४८ करोड २ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ६.४० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.२४ रुपैयाँ थियो। पीई रेसियो ९२.८४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.३३ रुपैयाँ रहेको छ।

 

prabhu mahalaxmi
kumari