stcnepal long ad
ime life insurance
global ime bank long

सांग्रिला डेभलपमेन्ट बैंकले नाफा साढे ४८ करोड

ईपीएससहित अधिकांश सूचकमा चमक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ९ महिनामा झण्डै साढे ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकले ४८ करोड ४५ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १३.१८ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १ अर्ब ४२ करोड ९१ लाख रुपैयाा रहेको थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ६२ करोड १८ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर ७१ करोड २१ लाख रुपैयाँ पुगेको हो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १९ करोड ७० लाख रुपैयाँ रहेको छ भने चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको हो । बैंकको जगेडा कोष सञ्चिति १ अर्ब ७० करोडबाट बढेर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा भने बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको खराब कर्जा ४।९७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर ७.८७ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६.२८ रुपैयाँबाट बढेर १७।३० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५८.७९ रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari