stcnepal long ad
ime life insurance
global ime bank long

मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशत बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत मसान्तसम्म) को वित्तीय विवरण आज सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश वित्तीय सूचकहरूमा चमक देखिएको हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७२ करोड ४८ रुपैयाँ खुद नाफा कमाएको यस बैंकले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ३० प्रतिशतको भारी वृद्धि सहित ९४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २८ करोड ५८ लाख रुपैयाँबाट ४.८७ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ३ अर्ब ७५ करोड ६१ लाख रुपैयाँबाट ४.६७ प्रतिशतले बढेर ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज उल्लेख्य मात्रामा घटेको कारण नाफा बढ्न मद्दत पुगेको देखिएको छ। गत आवको चैत मसान्तसम्म १ अर्ब २३ करोड ३८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज बापत छुट्याइएकोमा चालू आवको सोही अवधिमा त्यस्तो रकम घटेर ९२ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ३ करोड ५२ लाख रुपैयाँबाट ३१ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ६५ लाख रुपैयाँ कायम भएको छ भने वितरणयोग्य मुनाफा ६१ करोड ९५ लाख रुपैयाँबाट घटेर ४३ करोड ८९ लाख रुपैयामा झरेको छ।

बैंकको प्रतिशेयर आम्दानी १३.७१ रुपैयाँबाट बढेर १५.७१ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.४१ प्रतिशतबाट बढेर ४.८८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५५.०९ रुपैयाँ रहको छ भने बेस रेट ५.८३ प्रतिशत कायम भएको छ।

चुक्ता पूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४१ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकले आफ्ना ग्राहकलाई ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरी त्यसबाट १ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको कुल मूल्य १ खर्ब ३४ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी भएको छ।

prabhu mahalaxmi
kumari