आइएमई लाइफ इन्स्योरेन्सको चार जना सञ्चालकको पदावधि थप
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको पदावधि थप भएको छ ।
कम्पनी सञ्चालक समितिको बैशाख ७ गते बसेको बैठकले सञ्चालक डा. रामहरि अर्याल, उषा ढकाल, सिताराम थापा र संदीप अग्रवालको पदावधि आगामी वार्षिक साधारणसभा नभएसम्मका लागि थप गर्ने निर्णय भएको हो ।
यी चार जना सञ्चालकहरूको पदावधि यही बैशाख १३ गते समाप्त हुने भएकोले आगामी साधारणसभा नभएसम्म सञ्चालक पदमा निरन्तरता दिने निर्णय कम्पनीले जनाएको छ ।

























