तीन ऐन संशोधन सम्बन्धी विधेयक संसद्मा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति
काठमाडौँ । सरकारले तीन वटा ऐन संशोधनसम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन,२०४२, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन,२०७४ तथा मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न तयार गरिएका विधेयकहरू संसद्मा दर्ता गर्न स्वीकृति दिएको हो।
सरकारका प्रवक्ता विक्रम तिमिल्सिनाका अनुसार यी विधेयकहरू सम्बन्धित कानुनी संरचनामा सुधार र अद्यावधिक गर्ने उद्देश्यले अघि बढाइएको हो। निर्णयअनुसार तीनै विधेयक अब संघीय संसद्मा पेश हुने प्रक्रिया अगाडि बढ्नेछ।

























