stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाल टेलिकमको आयव्यय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्म कुल सञ्चालन आय रु १७ अर्व २९ करोड ९७ लाख ३० हजार रहेको नेपाल टेलिकमले जनाएको छ।

उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कुल सञ्चालन आय रु. १७ अर्व ४९ लाख २५ हजारको तुलनामा रु। २९ करोड ४८ लाख ५ हजार ९ अर्थात १.७३ प्रतिशतले बढी देखिएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात २०८२ पुस मसान्तसम्म कुल आय रु १९ अर्व २२ करोड ७२ लाख ६६ हजार रहेको छ।

उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कुल आय रु १९ अर्व ५१ करोड ९२ लाख ६६ हजारको तुलनामा रु २९ करोड २० लाख ९ अर्थात् १.५ प्रतिशतले कमी भएको छ।

मुलुकमा आर्थिक गतिविधि कम भएर अर्थतन्त्रमा सुस्तता हुँदा नेपाल टेलिकमको आयमा पनि त्यसले प्रभाव पारेको देखिन्छ।

यसैगरि चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्म मुनाफा ९ अर्व ७७ करोड ७० लाख ६२ हजार रहेको छ। उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १० अर्व ३ करोड ७५ लाख ८९ हजारको तुलनामा रु २६ करोड ५ लाख २६ हजार ९ अर्थात २.६० प्रतिशतले कमी भएको देखिन्छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म कर अघिको मुनाफा रु ५ अर्व ९१ करोड ४३ लाख रहेको छ। उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कर अघिको मुनाफा रु ६ अर्व १९ करोड ९० लाख ३८ हजार रूपैयाँको तुलनामा रु २८ करोड ४७ लाख ३८ हजार ९ रूपैयाँ अर्थात ४.५९ प्रतिशतले कमी भएको छ ।

यसैगरि चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म खुद मुनाफा रु ४ अर्व १६ करोड ४५ लाख ९ हजार रहेको छ। उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको खुद मुनाफा रु ४ अर्व ७८ करोड ५९ लाख २५ हजार रूपैयाँको तुलनामा रु ६२ करोड १४ लाख १५ हजार ९ रूपैयाँ अर्थात १२.९८ प्रतिशतले कमी भएको छ ।

कम्पनीको प्रति शेयर आम्दानी रु ४६.२७ रहेको छ। गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरुमा इन्टरनेट सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तर आवद्धता आयमा गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको तुलनामा करिब रु ८ करोड ५ लाख ९८ हजार रूपैयाँ ९ अर्थात ६१४ प्रतिशतले कम भएको छ । साथै इन्टरनेट सेवाले कम्पनीको समग्र सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ।

लगानीमा भएको मूल्य परिवर्तन तथा ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब रु ७४ करोड ६३ लाख ८३ हजार ९ रूपैयाँ अर्थात ३२ प्रतिशतले घटी भएको छ।

नेपाल टेलिकम राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ ।

टेलिफोन सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्व उल्लेख्य वृद्धि हुन नसकेको देखिन्छ।

कर्मचारीको सवाधिक बीमाको बीमांक रकम वृद्धि भएकोले कर्मचारी बीमा खर्च बढेको तथा कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको दायित्व हिसाबको गणनाको लागि प्रयोग भएको, ७.५५ बाट ७५ भएकोले कर्मचारीको पेन्सन तथा उपदान खर्च बढेको हुँदा समग्रमा गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको तुलनामा कर्मचारी खर्चमा ११.५%ले वृद्धि भएको छ।

विदेशी मुद्राको सटही दरमा भएको परिवर्तनका कारण बिदेशी मुद्र सटही नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको तुलनामा १५०% ले वृद्धि भएको छ।

कम्पनीको लेखा नीति अनुसार जिन्सी मौज्दातमा आवश्यक खर्च व्यवस्था थप गरिएकोले इम्पेयरमेन्ट खर्च मा गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको तुलनामा रु १८.३५ करोडले वृद्धि भएको छ ।

यस आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको चालु कर गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको चालु कर भन्दा ५५.५६% ले वृद्धि भएको छ । गत आर्थिक वर्षको चालु कर विगतको करयोग्य नोक्सानी समायोजन गरी गणना गरिएको हुँदा कमी देखिएको हो ।

prabhu mahalaxmi
kumari