stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको  दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक 

ब्यवसाय साढे ५७ करोड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

भदौमा भएको जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो राशीको बीमा दाबीमा खर्च हुँदा नाफा केहि प्रभावित भएपनि अन्य सूचक लयमा देखिएको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १५.१२ प्रतिशतले बृद्धि भएको छ । यसअवधिमा कम्पनीले ५७ करोड ६६ लाखको बीमा व्यवसाय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड ८ लाख रुपैयाँको बीमा व्यवसाय गरेको थियो ।

समिक्षा अवधिमा चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने १७ करोड ५३ लाख रुपैयाँ ऋणत्मक र महाबिपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ सञ्चिती रहेको छ । साथै कम्पनीको बीमा कोषमा ७ अर्ब ७९ करोड ९० लाख रुपैयाँ सञ्चिती रहेको छ ।

पुष मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफा १८ करोड ११ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १४ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल आम्दानी ३।६१ प्रतिशतले बढेर ९३ करोड २ लाख र कुल खर्च ७१.४८ प्रतिशतले बढेर १ अर्ब १८ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९.४५ रुपैयाँले घटेर ११.९६ रुपैयाँ ऋणात्मक र प्रतिशेयर नेटवर्थ १७६.२५ रुपैयाँ रहेको हो ।

prabhu mahalaxmi
kumari