stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, रेष्टुरेन्ट तथा होटलमा बसेर नखानुः सरकार

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ । सरकारका प्रवक्ता युवराज खतिवडा अनुसार अर्को सूचना जारी नभएसम्मका लागि शैक्षिक संस्था बन्द गरिएको हो ।

प्रवक्ता खतिवडाले मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै शैक्षिक संस्था, सैलुन, पुस्तकालय, सेमिनार, पार्टी प्यालेस अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने निर्णय भएको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका र दुई सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिइने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउनका लागि पनि उहाँले आग्रह गर्नुभएको छ ।

यसका साथै उहाँले सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारी मात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनका लागि आग्रह गर्नुभएको छ ।

यसैक्रममा सरकारले होटल तथा रेष्टुरेण्टमा बसेर खान नपाइने नियम पुनः लागू गरेको छ । यही साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएको पनि कोरोना महामारीको जोखिम ह्वात्तै बढेकाले पुनः टेक अवे मात्रै गर्न मिल्ने बनाइएको जनाइएको छ ।

kumari bank
kumari
nawakantipur long