टानका पूर्वअध्यक्ष सिंहको निधन
काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ ।
सन् १९८१ देखि १९९६ सम्म चार पटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लाग्नु भएका सिंहको आज बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले जानकारी दिनुभयो ।
स्व सिंहले नेपालको पदयात्रा र पर्वतीय पर्यटनको विकास, प्रवद्र्धन र व्यवस्थापनमा अतुलनीय योगदान प्रदान गर्नुभएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।





























