stcnepal long ad
global ime bank long

गरिमा विकास बैंक १९औं वर्षमा प्रवेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनादेखि निरन्तर यात्रा गर्दै १९ औं वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो विकास, सेवा विस्तार र निरन्तर सहयोग र अमूल्य सुझाव प्रदान गर्ने सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

बैंकले स्थापनाको प्रारम्भिक दिनदेखि नै ग्राहक र समाजको विश्वास जित्ने उद्देश्य राख्दै विभिन्न चुनौतीहरूको सामना गर्दै आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै आएको छ।

गरिमा विकास बैंक लिमिटेड, जसले पहिले वलिङ, स्याङ्जामा मुख्यालय राखेको थियो । १८ कार्तिक २०६४ मा आफ्नो व्यावसायिक कारोबार सुरु गरेको थियो र ७ माघ २०६४ मा औपचारिक उद्घाटन गरिएको थियो।

प्रारम्भमा बैंकले २ करोड ६५ लाख रुपैयाँ मात्र पूँजी सहित स्याङ्जा, पाल्पा र कास्की जिल्लामा आफ्नो सेवा वितरण गर्दै क्षेत्रीय स्तरको विकास बैंकको रूपमा काम सुरु गरेको थियो। सीमित पूँजी र व्यापार क्षेत्रका बाबजुद पनि बैंकले उच्च सेवा गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आफ्नो यात्रा अघि बढाएको थियो।

२० चैत २०६८ मा बैंकको व्यापार विस्तार क्षेत्र १० जिल्लामा पुग्दै, यसले आफ्नो सेवा पहुँच व्यापक बनाउने महत्वपूर्ण कदम चाल्यो। यसरी बैंकले व्यवसायिक दृष्टिले सीमित क्षेत्रमा सञ्चालन गर्ने चुनौतीलाई पार गर्दै नयाँ बजारमा प्रवेश गरेको थियो। ‘सबैका लागि पहुँच’ को मूलमन्त्र सहित बैंकले प्रारम्भिक बाधाहरू पार गर्दै राष्ट्रिय स्तरको विकास बैंक बन्ने दिशामा अग्रसर रह्यो।

बैंकले आफ्नो पूँजी आधार बलियो बनाउन र सेवा विस्तारलाई द्रुत बनाउने उद्देश्यले क्रमशः पूर्व नीलगिरी विकास बैंक लिमिटेडसँग २९ असार २०७२ र पूर्व सुबेक्श्य विकास बैंक लिमिटेडसँग ४ असोज२०७३ मा मर्जर सम्पन्न गर्यो।

यी मर्जरहरूले बैंकको पूँजीमा वृद्धि ल्याए मात्र नभई शाखा विस्तार र सञ्चालन सुधारमा पनि महत्वपूर्ण योगदान पुर्‍याए। यसै क्रममा २८ कार्तिक २०७८ मा सहारा विकास बैंक लिमिटेडको अधिग्रहणले बैंकको उपस्थिति प्रदेश २ मा थप सुदृढ बनाएको छ। यसरी गरिमा विकास बैंकले आफ्नो क्षमता बढाउँदै ग्राहकहरूको सेवा पहुँच व्यापक बनाएको छ।

हाल बैंकको मुख्य कार्यालय काठमाडौं ०२, लाजिम्पाटमा रहेको छ र यसका १२६ शाखाले ग्राहकलाई सहज पहुँचको सुनिश्चितता प्रदान गरिरहेका छन्।

यसले बैंकको सेवा वितरणमा आधुनिक प्रविधि र व्यावसायिक दक्षताको प्रयोग गर्दै देशभर समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता देखाउँछ। बैंकले ग्राहकलाई वित्तीय पहुँच मात्र नभई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्राथमिकता दिनेको अभ्यास गर्दै आएको छ।

IME Lifesidebar
kumari