stcnepal long ad
global ime bank long

नेपालमै एसेम्बल हुनेगरी लक्ष्मी गुपले ल्यायो १२ सय ४५ गाडी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी गुपले नेपालमै एसेम्बल हुने गरी चालु आवको पहिलो ४ महिनामा १२ सय ४५ वटा गाडी भित्र्याएको छ।

हुन्डाईका गाडी एसेम्बल गर्न स्थापना गरेको लक्ष्मी मोटर्सले यो संख्यामा भेन्यु, क्रेटा लगायत गाडी भित्र्याएको हो।

भन्सार विभागको तथ्यांक अनुसार भारतबाट ६३० वटा गाडी भित्रिएका छन् भने दक्षिण कोरियाबाट ६१५ गाडी भित्रिएका छन्।

पछिल्ला वर्षहरुमा नेपालमा विद्युतीय गाडीको आयात हिस्सा बढिरहेको छ। पेट्रोल गाडीको बिक्री घटिरहेको समयमा हुन्डाईले ४ महिनामै साढे १२ सय गाडी भित्र्याएको हो।

चार महिनामा पेट्रोल इन्जिनबाट चल्ने तयारी अवस्थाका गाडी भने हुन्डाईले १२ सय १९ वटा ल्याएको छ। चालु आर्थिक वर्षको ४ महिनामा कुल ३२ सय ३ वटा विद्युतीय गाडी भित्रिएका छन्।

५० किलोवाटसम्मका १ हजार २ वटा गाडी भित्रिएका छन् भने ५१ देखि १०० किलोवाटसम्म १८ सय २६ वटा भित्रिएका हुन्। १०० देखि २०० किलोवाटसम्मका ३७४ वटा गाडी भित्रिएका छन्। २०० किलोवाट माथिको एउटामात्रै गाडी आएको छ ।

IME Lifesidebar
kumari