stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सामसङको ‘वार्म विन्टर अफर’ सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सामसङ नेपालले यस जाडो महिनालाई सहज र आरामदायी बनाउन वार्म विन्टर अफर सार्वजनिक गरेको छ । यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा उपलब्ध हुनेछ ।

अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न मोडेलमा आकर्षक क्यासब्याक, छुट तथा सरल फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्म क्षमताका AI Ecobubble Washer Dryer, Front Load, FATL र SATL वाशिङ मेसिनमा अधिकतम २३ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्छन् ।

त्यस्तै, Single-door, Double-door र Side-by-Side Samsung Refrigerators मा अधिकतम १७ प्रतिशत क्यासब्याक उपलब्ध रहेकको कम्पनीले जनाएको छ ।

सामसङका वाशिङ मेसिन र रेफ्रिजिरेटरमा DIT मोटरको २० वर्षे वारेन्टी प्रदान गरिएको छ र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा पनि रहेको छ ।

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा मार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा सजिला ईएमआई विकल्पमा सामसङ होम अप्लायन्स प्राप्त गर्न सक्नेछन् ।

नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले आफ्नो पुराना उपकरणहरू अधिकृत सामसङ रिटेल स्टोर वा आर्कोस्टोरमार्फत एक्सचेन्ज गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long