मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली र राबा बैंकका सीईओ किरणकुमार श्रेष्ठ सम्मानित

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली उत्कृष्ट महिला व्यवस्थापकको उपाधीबाट सम्मानित भएकी छिन् ।
शुक्रबार नेपाल व्यवस्थापन संघ(म्यान) को साधारणसभामा उनी उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्मानित भएकी हुन् । खुञ्जेली वाणिज्य बैंकमा पहिलो महिला सिईओ हुन् ।
यसैगरी म्यानेजर अफ दि इअरको उपाधीबाट राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई सम्मानित गरिएको छ । नेपाल व्यवस्थापनले हरेक वर्ष उत्कृष्ट व्यवस्थापकको रुपमा म्यानेजर अफ दि इअरबाट सम्मानित गर्दै आएको छ ।