stcnepal long ad
global ime bank long

सिभिल बैंकको नयाँ शाखा भीमसेनस्थानमा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंक लिमिटेडले काठमाडौंको भीमसेनस्थानमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका छन् ।
गभर्नर शिवाकोटीले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पुरयाएमा देश आफै समृद्ध हुने बताए ।
विशिष्ट अतिथि काठमाडौं महानगरपालिका वडा नं २० का वडा अध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिंदै बैंकलाई आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने समेत बताए ।
सिभिल बैंकका अध्यक्ष इ. इच्छाराज तामाङले परोपकार आदर्श माद्यामिक विद्यालयकी कक्षा ९ मा अध्ययनरत सुनी राईलाई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मासिक तीन हजारका दरले एक वर्षको जम्मा ३६ हजारको आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका थिए ।
साथै शाखा कार्यालयमा रन्जना लिपि भएको परिचय पाटी पनि स्थापना गरिएको छ । सिभिल बैंकले देशभर १०६ वटा शाखाहरु तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंङ सेवाबाट सेवा दिदैं आएको छ ।

IME Lifesidebar
kumari