नेपाल–चीन कुटनैतिक सम्बन्ध ७० वर्ष प्रवेश
काठमाडौँ । आज २०८२ साउन १६ गतेदेखि नेपाल–चीन कूटनैतिक दोैत्य सम्बन्ध कायम भएको ७० वर्ष प्रवेश गरेको छ । यस अवसरमा आज नेपालको काठमाडौं र चीनको बेइजिङ,ग्वान्झाऊ,ल्हासा लगायतमा विविध कार्यक्रम आयोजना गरेर नेपाल–चीन कूटनैतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदैछ ।
नेपाल–तिब्बत र चीन अनौपचारिक सम्बन्ध तिब्बतका राजा स्रोङ्चन गम्पोसँग लिच्छविकालमा नेपाली राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाँगिँदै गएको छ ।
सन् १९४९ अगष्ट १ मा चीनसँग स्थापना भएको कुटनैतिक सम्बन्ध आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा ओैपचारिक रूपमा सम्बन्ध कायम भएको थियो।
शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका छन।
चीनले नेपालमा अरनिको राजमार्ग,पृथ्वी राजमार्ग,त्रिपुरेश्वर–सुर्यविनायक ट्रलिबस सेवा,बासबाँरी छालाजुत्ता कारखाना,भृकुटी कागज कारखाना र काठमाडौं उपत्यकामा चक्रपथ,राष्ट्रिय सभागृह, वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र,निजामति अस्पताल निर्माण गरिदिएको छ।
पोखरा विमानस्थल निर्माणमा ऋण सहयोग गरेको छ। केरूङ–काठमाडौं– पोखरा रेलमार्ग निर्माणका लागि प्रारम्भिक अध्ययन सिध्याएको छ।
राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ। विधिमा आधारित प्रभावकारी विश्व शासन प्रणाली, अन्तरराष्ट्रिय शान्ति–सुरक्षा, साझा भविष्य निर्माणका निम्ति सहकार्य र साझेदारीमा जोड दिदै आएको छ । विश्वशक्ति राष्ट्र बन्दै आएको चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिएर मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्ने आवश्यकता छ।
नेपाल–चीन सम्बन्ध असल र मैत्रीपूर्ण छिमेकीका रूपमा रहेको छ। चीनसँग हाम्रो देशको कहिपनि सीमा विवाद छैन। हुम्लामा नक्कली सीमा विवाद पार्न खोजिएको थियो। चीनबाट नेपालमा बर्सेनि चिनियाँ बस्तु,सामाग्री र खाद्यान्न आयात हुँदै आएको छ। नेपालको आयातको करिव २३ प्रतिशत वस्तु चीनबाट आयात हुने गरेका छन।
तिब्बतका करिव १३ हजार शरणार्थी नेपालमा शरणार्थी परिचयपत्र लिएर बस्दै आएका छन। तिनलाई आपसी छलफल र वार्ताका माध्यमबाट तिब्बत पठाउनुपर्ने जिम्मेवारी र दायित्व नेपालको छ। तिब्बतका शरणार्थीहरूले नेपालबाट चीन विरोधि गतिविधि गर्दै आएका छन। तिनलाई सरकारले नियन्त्रण गर्न सकेको छैन।
चीनले बिआरआई अन्तर्गत नेपाललाई सहयोग गर्ने नीति लिएको छ। नेपालले पनि गत साल २०२४ मा बिआरआई सम्झौता अन्तर्गत ऋण र अनुदान सहयोग लिने सम्झौता गरेको छ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चीनका राजदूत छन सङले आज साँझ काठमाडौंमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ र मैत्रीपुर्ण बनाउन आवह्रान गर्दै हुनु हुन्छ। चीनले पनि आज नेपाललाई विशेष सहयोग घोषणा गर्दैछ।

























