citizens life insurance long ad
stcnepal long ad
national life

गुणस्तर विभागले गोयन्का, गोदावरी र अशोक स्टिल्सलाई कारबाही 

Prabhu Insurance Long Ad

२३ माघ काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ३ वटा स्टिल्स उत्पादक कम्पनीलाई गुणस्तरको मापदण्ड पूरा नगरेको भन्दै कारबाही गरेको छ ।
विभागले गोदावरी स्टिल्स रौतहट गोयन्का स्टिल्स रुपन्देही र अशोक स्टिल्स बारालाई गुणस्तर पूरा नगरेको भन्दै कारबाही गरेको छ ।
विभागले अशोक स्टिल्सलाई टीएमटी बार १२ एमएम साइजका स्टिल्सको मापदण्ड नपुगेको भन्दै उक्त साइजका सम्पूर्ण उत्पादनको बिक्रीमा रोक लगाइ बजारबाट फिर्ता ल्याउन र स्पष्टिकरण माग गरेको छ । विभागले इलोङगेसन कम्तीमा १२ प्रतिशत हुनुपर्नेमा ११६७ प्रतिशत मात्रै भएको उल्लेख गर्दै बेन्ड टेस्ट पनि गुणस्तरको १९.१ अनुरुप नभएको बताएको विभागका महानिर्देशक बिश्वबाबु पुडासैनीले जानकारी दिएका छन ।

himalayan life insurance
igi long