stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनसेलको ‘भ्यालेन्टाइन अफर’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् ।नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो अफरमा ग्राहकले मात्र रु १०० (कर सहितमा मात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मज्जा लिन सक्नेछन् ।
यो भ्यालेन्टाइन अफर भोली शुक्रबार (माघ २४) देखि लागू हुनेछ र ३ महिनासम्म सञ्चालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याउन लागिएको यो अफर अन्तर्गत ग्राहकले कर सहित मात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।
यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स २ एस्ट्रिक्स ३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन् ।
यो भ्यालेन्टाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुरयाउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

IME Lifesidebar
kumari