macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बुटवलमा संचालन हुन लागेको निस्शुल्क परामर्श केन्द्रको उदघाटन

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

रुपन्देही । २३ माघ नेपाल प्रहरी र बुटवल उपमहानगरपालिकाको सहकार्यमा बुटवल उपमहानगरपालिका स्थित हाटबजारमा सञ्चालन हुन लागेको लागूऔषध प्रयोगकर्ता लगायतका लागि कानूनी तथा मनोसामाजिक निस्शुल्क परामर्श केन्द्र उद्घाटन भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बिहीबार आयोजित कार्यक्रमवीच उक्त केन्द्रको संयुक्त रुपमा उदघाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक खनालले लागूऔषधको समस्याले विकराल रुप लिइरहेको अवस्थामा समुदाय–प्रहरी साझेदारीको अवधारणा अनुरुप नेपाल प्रहरीले स्थानीय तहसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनु भयो । उक्त परामर्श केन्द्रको माध्यमबाट सामाजिक अभियन्ताहरुले गाउँगाउँमा गई लागूऔषध विरुद्ध सूचना तथा कार्यक्रमहरु गर्नको लागि ठुलो टेवा पुग्ने विश्वास प्रहरी महानिरीक्षक खनालले व्यक्त गर्नुभयो ।
विगत १५ वर्षे इतिहासमा सबैभन्दा धेरै लागूऔषध बरामद तथा संलग्न व्यक्तिहरु पक्राउ गर्ननेपाल प्रहरी सफल भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सबै स्थानीय तह तथा समुदायको सहयोग, सहकार्य एवम् सामूहिक प्रयासमा लागूऔषध दुर्व्यसनीबाटसमाज मुक्त हुनसक्ने उल्लेख गर्नुभयो । लागूऔषध करोबारी विरुद्ध कानुनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाई प्रहरी अझ आक्रामकरुपमा प्रस्तुत भइरहेको बताउँदैप्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘लागूऔषध कारोबारीहरु अपराधी मात्र नभएर महाअपराधीहुन् । यिनीहरुलाई नियन्त्रण गर्ने मात्र होइन अब निस्तेज पार्नुपर्छ ।’
५ नम्बर प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले परामर्श केन्द्रले प्रभावकारी रुपमा काम गरेमा समाजलाई समृद्धितर्फ अगाडि बढाउन सकिने उल्लेख गर्दै यस कार्यमा सहयोग, समन्वय र सहकार्य गर्न आफूहरु तत्पर रहेको बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले परामर्श केन्द्रबाट गरिने सेवालाई अझ प्रभावकारी रुपमा अगाडि बढाई अपराध रहित समाजको निर्माणमा ठुलो योगदान पुग्ने बताउनुभयो । लागूऔषधको कुलतबाट आक्रान्त समाजलाई सुधार गरी समृद्धितर्फ लैजान सँधै अग्रसर रहने तथा नेपाल प्रहरी र स्थानीय तहवीचको सहकार्य तथा समन्वयलाई अझ प्रभावकारी ढंगले परिचालन गरी बुटवल नगरक्षेत्रलाई अपराधमुक्त नगरको रुपमा परिचित गराउने अभियानमा आफूहरु लागेको उहाँले चर्चा गर्नुभयो ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले परामर्श केन्द्र सञ्चालनको औचित्यबारे जानकारी गराउनु भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ,अमर सहिद प्रहरीका राष्ट्रिय अध्यक्ष रिता सेन र पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले समेत कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२३ माघ २०७६, बिहीवार १७:४४ बजे प्रकाशित

NTA long ad