citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

महालक्ष्मी विकास बैंकको नाफा ३० करोड ५० लाख

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालू आवको छ महिना(दोस्रो त्रैमास) मा महालक्ष्मी विकास बैंकले रू. ३० करोड ५० लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १९ करोड ७६ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७ करोड छ । जगेडा कोषमा रू. १ अर्ब ४० करोड छुट्याएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३५ अर्ब ७ करोड निक्षेप संकलन भएको छ भने रू. २९ अर्ब १८ करोड कर्जा प्रवाह भएको हो ।
कम्पनीको वितरण योग्य नाफा रू. २१ करोड १३ लाख छ । प्रतिशेयर आम्दानी रू. १९ दशमलव ८६, मूल्य आम्दानी ९ दशमलव ७७ टाइम्स, तरलता अनुपात ३० दशमलव १६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५२ दशमलव ७६ छ ।

gold
himalayan life insurance long ad