stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रेशम गौतमको अध्यक्षतामा पेशागत बीमा अभिकर्ता संघ हिमालयन लाइफ बीमक समिति गठन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बीमक संघ गठन भएको छ । पोखराको होटल ग्राण्डीमा शनिबार सम्पन्न भएको केन्द्रीय अधिवेशनले रेशम गौतमको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको हो ।

केन्द्रीय समितिको बरिष्ठ उपाध्यक्षमा नेपाल टप कृष्ण भट्टराई, उपाध्यक्षमा बिक्रम उदास, अष्ट बहादुर श्रेष्ठ, सानू कुमारी पाख्रिन, अरुण रानाभाट, बिनोद कुमार यादव, गोबिन्द बि.क. रहेका छन् । सचिवमा प्रल्हाद तिमिल्सिना, सहसचिवमा प्रगति थापा, किरण आचार्य, कोषाध्यक्षमा त्रिलोचन बिश्वकर्मा र १५ जना सदस्यहरु छन ।

पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारी प्रमुख अतिथि र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ मनोजलाल कर्ण बिशिष्ट अतिथि बनाएर पेशागत हिमालयन लाइफको नयाँ कार्य समिति गठन गरिएको छ ।

संघका अन्य पदाधिकारीहरु, केन्द्रीय पदाधिकारीहरु र बिशिष्ट अतिथि कम्पनीका म्यानेजमेन्ट टिमको उपस्थितिमा सम्पन्न भएको थियो ।

prabhu mahalaxmi
kumari