stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

राप्रपा त्यागेका सुनिल थापा आज कांग्रेस प्रवेश गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राप्रपा त्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा आज आफ्नो टिम सहित कांग्रेस प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेश गरेपछि थापालाई सहमहामन्त्री र उनीसँग आउने ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी कांग्रेसले गरेको छ ।

प्रजातान्त्रिक शक्ति कांग्रेसलाई बलियो बनाउन भन्दै उनी कांग्रेस प्रवेश गर्न लागेका हुन् । राप्रपाका संस्थापक एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाले राप्रपामा महामन्त्रीको जिम्मेबारी सम्हालिसकेका छन् ।

कांग्रेस शीर्ष नेतृत्व र थापा टोलिबीच पार्टी प्रवेशका विषयमा सहमति जुटिसकेको बताइएको छ । कांग्रेस प्रवेशका लागि थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गरेका थिए । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका थिए ।

prabhu mahalaxmi
kumari