citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

शहीद स्मारक ए डिभिजन लिगः मच्छिन्द्र शीर्ष स्थानमा 

kumari bank
Prabhu Insurance Long Ad
global bank

 

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । मच्छिन्द्रले खेलको पहिलो हाफमा एक गोल ग¥यो भने दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको ४०औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई शुरुआती अग्रता दिलाए । रञ्जित धिमालको क्रसमा उनले हेड गोल गरेका थिए । खेलको ५४औँ मिनेटमा मच्छिन्द्रका दीपक राईले एक गोल थप्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । उनले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मच्छिन्द्रका अर्का खेलाडी विशाल राई (ए) ले गोल गरे । उनले खेलको ५९औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि खेलको ७७ औँ मिनेटमा दीपक राईले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै खेलको दोस्रो हाफको अतिरिक्त समयमा मच्छिन्द्रले दुई गोल थप्यो । मच्छिन्द्रका सोमिद ओलुवावुनमी एडिलाजा र आन्द्रेस नियाले एक एक गोल गरे । त्यस्तै खेलको ८७ औँ मिनेटमा सरस्वतीका कजिम बुसारीले पेनाल्टी मार्फत एक गोल फर्काएका थिए । यससँगै ११ खेल खेलेको मच्छिन्द्रले २५ अङ्क जोडेको छ ।

gold
himalayan life insurance long ad