stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सरिता गिरीको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पार्टीले सांसद पद खारेज हुने गरी गरेको कारबाही विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी सरिता गिरीको पक्षमा अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको सर्वोच्चले आदेश गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले पार्टीको विधान र कानूनअनुसार नै उनलाई कारबाही गरिएको देखिएको भन्दै बाँकी विषयमा मुद्दाको निरुपणका क्रममा नै व्याख्या गरिने भनी आदेश गरेको हो ।

समाजवादी पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दिएको ह्विप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्य नरहनेगरी कारबाही गरेको थियो ।

पार्टी सदस्य नरहेपछि उनी सांसदबाट पदमुक्त भएकी थिइन् । गिरी पार्टीले आफूलाई गरेको कारबाही विरुद्ध सर्वोच्च गएकी थिइन् ।

prabhu mahalaxmi
kumari