stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

रिलायबल नेपाल लाईफको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाईफको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार  काठमाडौको होटल मेरियटमा सम्पन्न भएको साधारणसभाबाट आईपिओ जारी गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको कम्पनीले जनाएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन समेत पारित भएको सो कम्पनीले जनाएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष उदय नेपालीले रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले १७ प्रकारका बीमा पोलिसीहरु बजारमा ल्याएको जानकारी दिँदै एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको बताउँदै हाल ८२ वटा आउटलेटहरु सञ्चालनमा रहेको बताए ।

सो कम्पनीले दोस्रो बार्षिक साधारणसभाबाट आईओपिओ जारी गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेपनि तत्कालै आईपिओको लागि आवेदन दिन भने पाउने छैन । कम्पनीको आव २०७५/०७६को लेखा परिक्षण सम्पन्न भई तेस्रो बार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै आईपिओको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिन योग्य हुनेछ । कम्पनीले २०७४ भदौं ३ गते कारोबार सुरु गरेको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari