stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

मेगा बैंकको महेन्द्रनगर मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगर स्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
घरजग्गा सम्बन्धी कारोबार तथा राजश्व संकलन कार्य सहज तथा व्यवस्थित होस् भन्ने उद्देश्यले मेगा बैंकले महेन्द्रनगर स्थित मालपोत कार्यालयमा एक्टेन्सन काउन्टर विस्तार गरेको हो ।
महेन्द्रनगर मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि महेन्द्रनगर स्थित यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरेको थियो ।
ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको यो ३२ औं एक्सटेन्सन काउन्टर हो । मेगा बैंकको देशभर २०६ वटा शाखा र १४२ वटा एटीएम सञ्जाल छन् ।

prabhu mahalaxmi
kumari bank
kumari