stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

रञ्जन कोइरालाको कैद सजायको फैसला पुनरावलोकन हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी सर्वोच्चले गरेको फैसला पुनरावलोकन हुने भएको छ । शुक्रबार महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि दर्ता गरेको निवेदनले पुनरावलोकनको अनुमति पाएको हो ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकन गर्न अनुमति दिएको हो । न्याय प्रशासन ऐन २०७३ को दफा ११ को उपदफा २ खण्ड क बमोजिम पुनरावलोकन गरी हेर्न अनुमति प्रदान गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए ।

पूर्व डीआइजी कोइरालले आफ्नौ श्रीमती हत्या गरेको, प्रमाण लुकाउन शव जलाएको पुष्टि गर्दै काठमाडौं जिल्ला अदालतले सर्वस्व सहित जन्मकैदको फैसला गरेको थियो ।

ललितपुर पुनरावेदन अदालतले समेत जिल्ला अदालतकै फैसला सदर गरेको थियो । तर २०७७ असार १५ मा सर्वोच्च अदालतले भने ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो ।

निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनःविचाराधीन बनेको छ । अब कम्तिमा पनि तीन न्यायाधीको इजलाशले महान्यायाधीवक्ताको कार्यालयले प्रस्तुत गरेका कारणहरुमा सुनुवाई गर्नेछन् ।

prabhu mahalaxmi
kumari bank
kumari