stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सनराईज बैंकका सञ्चालकलाई बैंकभित्र राजनीति नगर्न राष्ट्र बैंकको चेतावनी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराईज बैंकका सञ्चालकहरुलाई नेपाल राष्ट्र बैंकले बैंकभित्र राजनीति गरी सर्वसाधारणको निक्षेपमाथि खेलवाड गरेमा गम्भिर परिणाम भोग्नुपर्ने चेतवानी दिएको छ ।

नेपाल राष्ट्र बैंकले विवादमा फसेको सनराईज बैंकका अध्यक्ष सहित ७ जना सञ्चालकहरुलाई बोलाएर बयान लिएको छ । सञ्चालकहरुसँग मौखिक रुपमा बयान लिएको हो ।

मौखिक बयान समेत टिपोट बनाइएको छ । बयान लिईसकेपछि केन्द्रीय बैंकले बैंक सञ्चालकहरुको परिधि, सीमा, अधिकार र कर्तव्यको ध्यानाकर्षण गराउँदै बैंकभित्र राजनीति भएमा गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिएको हो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देव कुमार ढकालले आज ७ जना सञ्चालकहरुको कुरा सुन्ने काम भएको बताए ।

उनले भने, ‘हामीले सनराईज बैंकका सञ्चालकहरुलाई बोलाएर उहाँहरुको कुरा सुन्यौं, आवश्यकता अनुसार बोलाएर जानकारी लिन सकिन्छ ।’ बैंकले सिईओ जनक शर्मा पौडेलसँग कहिले बयान लिने भन्ने प्रष्ट पारिसकेको छैन ।

सम्भवतः भोलि बयान लिनसक्ने जनाइएको छ । यद्यपि नियमन विभाग प्रमुख ढकालले भने, ‘सिईओ बोलाउने नबोलाउने विषयमा राष्ट्र बैंकभित्रै छलफल जारी छ ।’

सनराईज बैंकभित्र उत्पन्न समस्याको कसरी किनारा लगाउने भन्ने विषयमा गभर्नर महाप्रसाद अधिकारी आफैले पनि सक्रियता देखाएर समस्याको हल खोजिरहेको जनाएका छन् ।

आज सञ्चालकहरुलाई बयान लिएको विषय समेतका बारेमा बाहिर आएर मिडियाबाजी गरेपछि सञ्चालकहरु नसच्चिएको राष्ट्र बैंकको ठम्याई छ ।

विवादका बीचमा राष्ट्र बैंकले टेकओभर गर्न सक्ने चर्चा समेत चलेको छ । यद्यपि सो सम्बन्धमा राष्ट्र बैंकले अनुसन्धान जारी रहेकाले अनुसन्धान भइरहेको विषयमा प्रभावित पार्ने गरी टिप्पणी गर्नु उचित भने हुँदैन ।

prabhu mahalaxmi
kumari