citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

दर्ता नभए सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए बन्द गर्ने चेतावनी दिएका छन् । उनले एक कार्यक्रममा बोल्दै नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई चल्न नदिने बताएका हुन् ।

सञ्चारमन्त्री गुरुङले अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको बताउँदै मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाललाई दर्ताका लागि सार्वजनिक आह्वान गरिएको बताए ।

सञ्चारमन्त्री गुरुङले भने, ‘हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ, की आउँदैन, हेर्न बाँकी छ । आएन भने नेपालमा चल्न दिन्नौँ ।’

उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताए ।

सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिककै माग अनुसार सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको उनको दाबी छ ।

gold
himalayan life insurance long ad