stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज ६३ औं नेपाल नर्सिङ दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । आज ६३ औं नेपाल नर्सिङ दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।

नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ । नेपालमा नर्सिङ पेसा व्यावसायिक बन्न नसकेको नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले बताउनुभएको छ ।

अध्यक्ष शर्माले नेपालमा वर्षेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन नसकेको बताउनुभयो । अध्यक्ष शर्माका अनुसार नेपालमा भविष्य नभएको भन्दै नर्सिङ जनशक्ति विदेशिने क्रम बढेकाले स्वास्थ्य क्षेत्रमा ठूलो असर पर्ने जोखिम छ ।

नेपालमा काम गर्न र पढ्नका लागि पर्याप्त वातावरण नभएको, बढी श्रम गर्नुपर्ने, तर तलब त्यसअनुसार नभएको भन्दै नर्सहरु विदेश जाने क्रम बढिरहेको छ । अहिले नेपालका धेरै स्वास्थ्य संस्थामा नर्सिङ जनशक्ति कम छ ।

एकातिर जागिर छाड्नेको सङ्ख्या धेरै हुँदै जाने र नयाँ कर्मचारी माग गर्दा पनि फारम भर्नेको सङ्ख्या कम हुँदै जानु स्वास्थ्य संस्थाहरूका लागि चिन्ताको विषय बनेको छ ।

नर्सहरु विदेश पलायन हुनेक्रमलाई रोक्न सरकारले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौतीको सामना गर्नुपर्ने नर्सिङ सङ्घकी अध्यक्ष शर्मा बताउनु हुन्छ ।

नर्सिङ काउन्सिलको तथ्याङ्क अनुसार गएको मङ्सिरसम्म दर्ता भएका नर्सको सङ्ख्या एक लाख २१ हजार छ । तर, सबै जनशक्ति नेपालमा छैनन् । १८ हजार सरकारी र ३२ हजार पाँच सय निजी स्वास्थ्य संस्थामा कार्यरत गरी नर्सको सङ्ख्या ५० हजार पाँच सय छ ।

prabhu mahalaxmi
kumari