stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सन् २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

Nimb long ad
Prabhu Insurance Long Ad

सन् २०२४ मा सबैभन्दा बढी बिक्री हुने कारको तथाङ्क सूची सार्वजनिक भइसकेको छ । चार दशकदेखि अटो  बजारमा  दवदवा कायम रहेको  मारुती सुजुकीलाई गत वर्ष टाटाले उछिनेको थियो ।

कम्प्याक्ट सेगमेन्टमा सबैभन्दा लोकप्रिय एसयूभी टाटाको पन्च बिक्रीको मामलामा सबैभन्दा बढी बिक्री हुने कारको सुचीमा पहिलो स्थानमा पर्न सफल भएको छ ।

रिपोर्टका अनुसार गत वर्ष टाटा पन्चको २ लाख २ हजार ३० युनिट डेलिभरी लिएको थियो । टाटा पन्च पछि क्रमशस् दोस्रो, तेस्रो र चौथो स्थानमा मारुती सुजुकीको वागन आर, अर्टिगा र ब्रेजा पर्न सफल भएको छ ।

टाटा पन्च :

सबैभन्दा बढि बिक्री हुने टाटा पन्चको एक्स शोरुम मूल्य ६ लाख १३ हजार भारु देखि यसको टप भेरिएन्टको मूल्य १० लाख १५ हजार भारु छ । सो कार पेट्रोल, डिजेल र सीएनजी भेरिएन्टमा उपलब्ध छ । यसमा १।२ लिटरको ३ सिलिन्डर पेट्रोल इन्जिन समावेश छ । कुल ७ रङमा उपलब्ध सो एसयूभी ५ स्टार सेफ्टी रेटिङ प्राप्त छ ।

सो कार अटोमेटिक भेरिएन्टमा पनि उपलब्ध छ । यसमा सनरुफ र कनेक्टेड टेक्नोलोजी, ७ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता सुविधा रहेको छ ।

मारुती सुजुकी वागन आर :

रिपोर्टका अनुसार सबैभन्दा बढि बिक्री हुने कार मध्ये मारुती सुजुकीको वागन आर २०२४ मा बिक्रीमा दोस्रो स्थानमा थियो । यसको मूल्य ५ लाख ५४ हजार भारुदेखि सुरु हुन्छ ।

सो ह्याचब्याक कार गत वर्ष १ लाख ९० हजार ८५५ युनिट बिक्री भएको थियो । सो कार पेट्रोल र पेट्रोल सीएनजी बाई फ्युल दुबै विकल्पमा उपलब्ध छ । यसको इन्जिन १।० लिटर र १।२ लिटर पेट्रोल इन्जिन उपलब्ध छ ।

मारुती सुजुकी अर्टिगा :

मारुती सुजुकी अर्टिगा एसयूभी क्रसओभर कार हो । सो कार बिक्रीको मामलामा तेस्रो स्थानमा छ । गत वर्ष यसको १ लाख ९० हजार ९१ युनिट बिक्री भएको थियो । नेक्स्ट जेनेरेशन अर्टिगामा स्मार्ट हाइब्रिड सिस्टमसँग जोडिएको पेट्रोल इन्जिन समावेश छ ।

जसको मूल्य ८ लाख ६९ हजार भारु छ । साथै यसमा सीएनजी संस्करणको विकल्प पनि समावेश छ जसको मूल्य १० लाख ७८ हजार भारु छ ।

मारुती सुजकी ब्रेजा :

निजी सवारी साधनमा ब्रेजा सबैभन्दा लोकप्रिय एसयूभी हो । गत वर्ष बिक्रीको सूचीमा चौथो स्थानमा थियो । यसको १ लाख ८८ हजार १६० युनिट बिक्री भएको थियो । यसमा पेट्रोल, पेट्रोल सीएनजी बाई फ्युल र पेट्रोल स्मार्ट हाइब्रिड पावरट्रेन विकल्पमा उपलब्ध छ ।

यसमा इलेक्ट्रिक सनरुफ, हेडअप डिस्प्ले, ३६० भ्यू क्यामेरा, वायरलेस चार्जिङ डक, ६ एयरब्याग, एबीएस ईबीडी जस्ता फिचर रहेको छ । सीएनजी संस्करणको साथमा यसको मूल्य ८ लाख ३४ हजार भारु छ ।

हुन्डाई क्रेटा :

लगभग १ लाख ८६ हजार ६१९ युनिट बिक्रीको साथमा हुन्डाई क्रेटा पाँचौ स्थानमा थियो । यसमा १।५ लिटर पेट्रोल, डिजेल र टर्बोचार्ज पेट्रोल इन्जिनको विकल्प रहेको छ ।

यसमा एड्भान्स फिचरको साथमा ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, प्याडल शिफ्टर, ६ एयरब्याग, एबीएस, ईबीडी, टीपीएमएस र आईसोफिक्स जस्ता फिचर रहेको छ । यसको मूल्य ११ लाख १० हजार भारु छ ।

prabhu mahalaxmi
kumari