stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कर्णाली प्रर्वद्धनमा युवा शक्तिको परिचालनमा जोड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सुर्खेत । विभिन्न क्षेत्रमा क्रियाशिल कर्णालीका युवाहरुले कर्णालीको प्रर्वद्धनमा युवा अग्रसरताको खाँचो औंल्याएका छन् । कर्णालीका अथाह सम्भावनालाई विभिन्न माध्यमबाट प्रर्वद्धन गर्न युवा शक्ति परिचालित हुनुपर्ने बताए ।

शुक्रबार सुर्खेतमा आयोजित कर्णाली युवा महोत्सवका वक्ताहरुले स्वतःस्फूर्त प्रर्वद्धनात्मक कामहरु भएपनि राज्यबाट हौसला नपाएको धारणा व्यक्त गरे ।

वर्षा पाण्डेले सहजीकरण गरेको कर्णाली प्रर्वद्धनमा युवाको भूमिका विषयक सत्रमा प्रकाश न्यौपाने, गौरवविक्रम शाही र कुमार शम्शेर थापा प्यानलिष्ट थिए । प्रकाश र कुमार सोसल मिडिया इन्फुलुन्सर हुन् भने गौरव बिमा विज्ञ हुन् ।

प्रकाशले कर्णालीमा आउने हरेक विकास गतिविधि सुर्खेत केन्द्रीत भएको टिप्पणी गरे । ‘पहिले काठमाडौँले शासन गर्ने कर्णालीमा अहिले सुर्खेतले गरिरहेको छ, उनले भने, ‘कर्णालीमा आउने हरेक विकासका गतिविधिहरु सुर्खेत केन्द्रित भए, कर्णाली सुर्खेत मात्र होइन् ।’ कर्णालीबारे पर्याप्त प्रचार नभएको, पर्यटनमैत्री पूर्वाधार नभएको उनको भनाई थियो ।

हरेक युवाले आफूले चलाउने सामाजिक सञ्जाल मार्फत आफ्नै गाउँघर, समाजको राम्रा पक्षहरुलाई प्रचार गर्नुपर्ने बिमा विज्ञ गौरवले बताए । ‘युवाहरुले सामाजिक सञ्जालमा घर झगडा लगायतका नकारात्मक कुराहरुको बढी प्रचार गर्ने प्रवृत्ति छ, त्यो गलत हो, उनले भने, ‘आफ्नो रहनसहन, सांस्कृतिक पक्षदेखि पर्यटकीय क्षेत्र लगायत सम्भावनाका क्षेत्रहरुको बारेमा प्रचार गरौँ ।’

सोसल मिडिया पेजका मोटे ग्याङका एड्मिनसमेत रहेका कुमारले कर्णालीलाई चिनाउन सामाजिक सञ्जाल उपर्युक्त प्लाटफर्म भएको उदाहरण सुनाए । ‘हामी युवाले अहिलेको डिजिटल प्रविधिको सही सदुपयोग गर्दै राम्रा पक्षहरुको उजागर गर्न आवश्यक छ, उनले भने ।

महोत्सवमा अर्को सेसन थियो, युवाको शक्ति युवाको भूमिका । युवा अभियन्ता राजेन्द्र अधिकारीले सहजीकरण गरेको यस सेसनमा राखेपकी बोर्ड सदस्य नन्दा बस्याल, युवा अभियन्ता करण सिंह, विद्यार्थी नेता राजकुमार सिजापति प्यानलिष्ट थिए ।

नन्दाले कर्णालीमा निकट भविष्यमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु युवा शक्तिको परिचालनका हिसाबले महत्वपूर्ण रहेको बताइन् । राजकुमारले राजनीतिमा युवा लाग्नुहुँदैन भन्ने भ्रम सिर्जना गरिएकाले युवाहरुमा असल राजनीतिको अभ्यास गर्नुपर्ने चुनौती रहेको टिप्पणी गरे ।

आजका युवा सक्षम युवा: हरिहर बस्नेत
सुर्खेतस्थित एसओएस बालग्रामका प्रिन्सिपल हरिहर बस्नेतले आजका युवा हरेक क्षेत्रमा सक्षम बन्नुपर्ने धारणा राखे । कर्णाली युवा महोत्सवमा मुख्य वक्ताका रुपमा उनले युवामा सकारात्मक भावनाको विकास हुनुपर्ने बताए ।

‘विकास भएको छैन्, जागिर छैन्, पढाइ हुँ्दैन, बाहिर काम गर्न जादा त्यहीँ राम्रो हुन्छ जाने भन्ने छ, उनले भने, तर हामी यूवाहरु प्रशस्त गर्न सक्छौं, व्यवसाय गर्न सक्छौं, हामी स्वाभीमान बन्न सक्छौं भन्ने कुरामा दृढ संकल्पित हुन जरुरी छ ।’

उनले फेसबुकमा द्धन्द्ध फैलाउने, राजननितीक रुपमा अफवाह फैलाउने कार्यमा युवा शक्ति परिचालित हुन नहुनेमा जोड दिए । ‘म गर्न सक्छु भनेर आत्मबल बढाउनुपर्नेछ, हाम्रा यूवाहरुलाई केही गर्न सक्दैनौ भनिन्छ, त्यसैले पनि युवाहरु कमजोर भएका छन्,’ उनले भने, ‘जीवनमा संघर्ष जरुरी छ, संघर्षले नै सफल बनाउँछ, यूवाहरु परिवर्तनको लागि वायु बन्नुस् ।’

prabhu mahalaxmi
kumari