चितवन महोत्सबमा स्काइवेलको स्टल बन्यो बेस्ट स्टल, ५ प्रिमियम ईभी बिक्री

चितवन । स्काइवेल विद्युतीय सवारीको आधिकारिक वितरक जी मोटर्सले ’चितवन महोत्सब २०८१’ मा स्काइवेलको १।१५ करोड माथिको नेपालकै सर्वाधिक रेन्ज ६२० किमी दिने प्रिमियम ईभी ’ईटी५’ महोत्सबबाट ५ वटा डेलिभरी भएको बताएको छ ।
सबै बुकिङ्गलाई जी मोटर्स प्रा.लि.का बिजनेस हेड युग प्रसाद रिमालले स्काइवेलको प्रिमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालले जानकारी दिए ।
’चितवन महोत्सब २०८१’ मा जी मोटर्स स्काइवेलले अटो तर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको छ । यो माया एवम् ग्राहक सदभावले उत्साहित भएको र छिट्टै ग्राहकहरुको सुबिधालाई ध्यान दिई सेल्स शोरुम एवम् सर्भिसको पुर्ण सुविधा उपालब्ध गराउने प्रतिबद्धता समेत जी मोटर्सले व्यक्त गरेको छ ।
महोत्सवको अवसर प्रदान गरी व्यवसाय प्रवर्धन गर्ने मौका दिएकोमा उद्योग वाणिज्य संघ चितवन एवम् सम्पूर्ण कार्यकारीमा प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले धन्यवाद ज्ञापन गरे ।
चितवन महोत्सब २०८१ मा उपलब्ध ईभीमा स्काइवेलकै प्रिमियम र लङ्ग रेन्ज रोज्नुको कारण चाहिं नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड क्लियरेन्स भएको एवम् सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप, त्यो पनि ईभीमै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको र गुणस्तरयुक्त भएकोले रोजाइमा परेको भन्दा प्रबन्ध निर्देशक गेलालले चितवनका ग्राहकलाई हार्दिक कृतज्ञता एवम् धन्यवाद ब्यक्त गरेका छन् ।
आगामी दिनमा सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा सहित चितवन क्षेत्रको बजारलाई मुख्य क्षेत्रको रुपमा लिएर ग्राहकलाई सहज रुपमा सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
हाल नेपालमा १४० युनिट भन्दा बढी स्काइवेलका ईटी५ प्रिमियम ईभी बिक्री भइसकेको र हाल कम्पनीसँग ईटी५ र बीई ११ मोडलमा ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका लागि उपलब्ध छन् ।
युरोपियन बजारमा अत्यधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु–भागमा सहजै यात्रा गर्न सकिने कम्पनीको भनाइ छ ।
स्काइवेल जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड लगायत विश्वका ६५ भन्दा बढी देशमा बिक्री हुँदै आएको कम्पनीको भनाइ छ ।