काठमाडौं र ललितपुरका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार वितरण लाइन भूमिगत गर्ने कार्यका लागि पुलचोक डिस्ट्रिब्युसन सेन्टरको यूएन पार्क फिडर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द गरिनेछ ।

सो अवधिमा शंखमुल, यूएन पार्क, शंखमुल टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।त्यस्तै, सडकको कल्भर्ट निर्माणका क्रममा परेको एचटी पोल सार्नका लागि जोरपाटी डिस्ट्रिब्युसन सेन्टरको साँखु फिडर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बन्द रहने छ । सो अवधिमा नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङ पौवा र नांगलेभारेमा विद्युत् अवरुद्ध हुनेछ ।

काम निर्धारित समयभन्दा अघि सकिएमा अगाडि नै सेवा सुरु हुने पनि प्राधिकरणको भनाई छ । यसबाट पर्न गएको असुविधाको लागि प्राधिकरणले क्षमायाचना समेत गरेको छ ।

IME Lifesidebar
kumari