stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रेस चौतारी नेपालको दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार सम्पन्न चौतारीको सचिवालय बैठकले निर्णय गरेको चौतारीको केन्द्रीय सचिव विष्णु तारुकेले जानकारी दिए ।

प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको हो । माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तोकिएको छ ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यता, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका ईञ्चार्ज राजेन्द्र गौतम, संगठन विभाग सचिव माधव ढुंगेलको आतिथ्यतामा भएको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको हो । बैठकमा नेताहरूले सर्वसम्मतिमा नेतृत्व चयन हुने बताए ।

prabhu mahalaxmi
kumari