citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज पुस १८ गते विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म कायम शेयरधनीले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी, डिमालयन डिष्टिलरी र बोटलर्स नेपाल (तराई) को लाभांश प्राप्त गर्नेछन्।

सूर्योदय वोमी लघुवित्त
यस कम्पनीले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ०.९६२३५०५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ। लघुवित्तले घोषित लाभांश पारितका लागि यही पुस २८ गते आइतबार महालक्ष्मी नगरपालिका वडा नं.–८, लुभु, ललितपुरस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बिहान ११ बजेदेखि साधारणसभा बोलाएको छ।

मेरो माइक्रोफाइनान्स लघुवित्त
यस कम्पनीले चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि आउदो माघ ४ गते शुक्रबार सिद्धार्थ होटल वाटर टावर, बिदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा बिहान साढे १० बजेदेखि सभा बस्नेछ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स
यस कम्पनीले चुक्ता पूँजीको १.८६५९ प्रतिशत बोनस शेयर र ०.०९८२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ। यो निर्णय पारितका लागि यही पुस २९ गते सोमबार कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजेदेखि साधारणसभा बस्नेछ।

हिमालयन डिष्टिलरी
यस कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्दैछ। यो प्रस्ताव पारितका लागि यही पुस २८ गते आइतबार कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालय, विरगन्ज महानगरपालिका वडा नं.–२१, पर्सामा बिहान १० बजेदेखि साधारणसभा बस्दैछ।

बोटलर्स नेपाल (तराई)
यस कम्पनीले शेयरधनीलाई प्रतिशेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि यही पुस २६ गते शुक्रबार होटल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान अपरान्ह १२ बजेदेखि साधारणसभा बस्दैछ।

gold
himalayan life insurance long ad