एमाले सचिवालय बैठक आज बिहीबार दिउँसो साढे १२ बजे बस्दै
काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज (बिहीबार) दिउँसो साढे १२ बजे बस्नेगरी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ । एमालेले केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्ने तय भएको छ । यसअघि पुस १० गते बसेको सचिवालय बैठकले भीम रावललाई पार्टीबाट निष्कासन गरेको थियो ।
बैठकले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पनि कारबाही गरेको थियो । दुवै जनालाई ६ महिनाका लागि जिम्मेवारीबाट हटाइएको हो ।





























