stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

गुगलले ल्यायो भिडियो सहितको नयाँ किनमेल एप

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

क्यालिफोर्निया । प्रविधिको अग्रणी संस्था गुगलले किनमेल सम्वन्धी नयाँ एप ल्याउन लागेको छ । नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको र यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास छ ।

गुगलले सपलुप नाम दिएको सो एप निर्माणका लागि बनाएको टोलीका सदस्यहरुले उपभोक्ता र विक्रेताहरुका लागि नयाँ ठाउँ बन्ने दावी गरेका छन् ।

नयाँ एपमा विक्रीका लागि राखिएको सामग्रीहरुको बारेमा जानकारी दिनेगरी बढीमा ९० सेकेन्डको भिडियो पनि हेर्न पाइने व्यवस्था गरिएको छ ।

सपलुपका महाप्रवन्धक लक्स पुजारीले एपमा राखिएको भिडियोले उपभोक्तालाई पसलमै गएर सामान हेरेजस्तो अनुभूति गराउने विश्वास व्यक्त गरेका छन । एएनआई

prabhu mahalaxmi
kumari bank
kumari