stcnepal long ad
global ime bank long

केरुङ छ्यो हिमताल फुट्ने चेतावनी नेपालतर्फ आउन सक्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सिन्धुपाल्चोक । चीनको तिब्बतको खासा क्षेत्रमा रहेको केरुङ च्छो ताल फुटेर नेपालतर्फ आउन सक्ने भन्दै भन्दै जिल्ला बिपद ब्यबस्थापन समितिले सिन्धुपाल्चोकका नदी आसपास क्षेत्रमा बस्नेलाई सचेत रह्न आग्रह गरेको छ ।

उक्त पोखरी फुटेमा नेपालको भोटे कोशीमा मिसिन आइपुग्ने र उच्च जोखिम हुने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् ।

चीनको न्यालम क्षेत्रमा अत्याधिक बर्षा भईरहेकोले उक्त ताल भरिन गई फुट्न सक्ने चीनका समकक्षीका दोभाषेमार्फत जानकारी भएकोले भोटेकोशी गाउँपालिका, बाह्बिसे नगरपालिका, सुनकोशी गाउँपालिका लगायत भोटेकोशी र सुनकोशी नदीमा आसपास रहेकालाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको जानकारी दिएका छन् ।

उक्त ताल फुटेमा भोटेकोशी नदीमा पानीको बाहव अत्याधिक बढने र ठूलो रुपमा धनजनको क्षति हुन सक्ने भएकोले नदी आसपासमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा गएर बस्न र सर्तकता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

उक्त ताल फुटेमा तातोपानी, बाह्बिसे, लामोसाँघु, खाडीचौर, कोठे, बलेफी, सुकुटे, लगायतका नदी आसपास नजिक बसोबास गर्नेहरु खतरामा पर्ने छन् । सो पोखरी फुटेमा दोलालघाट, सिन्धुली, रामेछाप र तराईका जिल्ला समेतलाई असर गर्ने छ ।

प्रहरीले बेलुकी ६ बजेबाट नै नदी आसपास बस्नेहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा गएर बस्न सचेत गराई रहेको छ ।

प्रजिअ ढकालका अनुसार चीनले नेपाल सीमानामा पर्ने मितेरीपुल देखि खाशासम्म आपनो क्षेत्रका स्थानीयलाई अन्यत्र सारेको जानकारी आएको बताए।

IME Lifesidebar
kumari