stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पुल्चोकमा इम्बार्क कलेज सञ्चालनमा

विश्व बरियतामा शीर्ष १५% मा र्‍याङ्क भएको युनिभर्सिटी अफ रोह्याम्प्टन लन्डन (युके) सँगको शैक्षिक साझेदारीमा बिएससी (बिजनेस म्यानेजमेन्ट) र एमबिए पढाई हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक समूह गोल्छा ग्रुप र युवा, सीप तथा शिक्षाको विकासमा एक दशकदेखिको अनुभव रहेको ग्लोकल प्रा.लि.को सहकार्यमा स्थापित इम्बार्क कलेजले औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको छ ।

ललितपुरको केन्द्र पुल्चोकमा अवस्थित यो कलेजले उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य राखेको छ ।

यस कलेजले शिक्षा मन्त्रालयवाट मंसिर १३ गते स्वीकृति प्राप्त गरेको हो । कलेजले विश्व बरियतामा शीर्ष १५% मा ¥याङ्क भएको युनिभर्सिटी अफ रोह्याम्प्टन लन्डन (युके) सँगको शैक्षिक साझेदारीमा बिजनेस म्यानेजमेन्ट (बिएससी) (४ वर्ष) र एमबिए (२ वर्ष) जस्ता विषयहरु सञ्चालन गरेको छ । यी विषयहरुको भर्ना प्रक्रिया भने १४ मंसिरदेखि शुरु भइसकेको छ ।

रोह्याम्पटन विश्वविद्यालयका उपकुलपति जेन नोयल इजिनगर्डले भन्नुभयो, “करियर केन्द्रित शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले इम्बार्क कलेजसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ ।

यो साझेदारीले स्थानीय समुदायमा मेल खाने किसिमको उद्योग सुसूचित शिक्षण प्रदान गर्नेछ जसले सबै किसिमको पृष्ठभूमि भएका मानिसहरुका लागि नयाँ अवर प्रदान गर्नेछ ।”

कलेजका अध्यक्ष शेखर गोल्छाले यस अवसरमा बोल्दै भने, “यो कलेज नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्र्दै भविष्यप्रति लक्षित गरिएको लगानी हो ।

उद्यमशीलता विकासमा केन्द्रित भएर हामी इम्बार्क कलेजलाई नेपालमा उद्यमशीलताको पावरहाउसको रूपमा स्थापित गर्नेछौं । ‘अन्टर्प्रन्योर्स बिल्ड नेशन’ भन्ने मूल नाराका साथ हामीले यस कलेजलाई अगाडि बढाउने लक्ष्य राखेका छौँ ।”

त्यसैगरी ग्लोकलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले पनि आफ्नो विचार व्यक्त गर्दै भने, “ ग्लोकल प्रा.लि. झैँ इम्बार्क कलेजको ध्यान युवाको सीप र शिक्षाको विकासमा केन्द्रित रहेको छ ।

यस कलेजको स्थापनाले शिक्षालाई उद्योग, उद्यमशीलता र समग्र समाजसँग जोड्ने दृष्‍िटको विकास गर्नेमा हामी ढुक्क रहेका छौँ । इम्बार्कले विशेष गरि एमबीएमा भर्ना हुने विद्यार्थीलाई इण्डष्ट्री कनेक्ट सहित प्लेसमेन्ट मोडालिटीमा लैजानेबारे विभिन्न इण्डष्ट्रीसँग सहकार्य गर्ने भएको छ ।

शिक्षा मन्त्रालयको निर्देशन अनुसार र विश्व वरियताको स्तरमा पनि उच्च मुल्याङ्कन भएको युनिभर्सिटीसँग संलग्नताले हामी गुणस्तरिय शिक्षामा विश्वस्त रहेका छौँ ।”

उत्कृष्ट शिक्षाको अनुभव प्रदान गर्ने उद्देश्यले ललितपुरको सुविधा सम्पन्न स्थान पुल्चोकमा कलेज स्थापना गरिएको सञ्चालकहरुले बताएका छन् । प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित पूर्वाधारका साथ शिक्षाको गुणस्तरलाई प्राथमिकतामा राखेर, शिक्षा मन्त्रालयले तोकेको १०% पूर्ण छात्रवृत्ति पनि प्रदान गर्ने र त्यसमा विश्वविद्यालय शुल्क समेत समावेश हुने पनि उल्लेख गरिएको छ ।

उद्योगको आवश्यकता अनुसार व्यवहारिक र प्राविधिक शिक्षा प्रदान गर्दै विद्यार्थीहरुमा व्यवसायिक सोच र आत्मनिर्भरता विकास गर्ने उद्देश्यले कलेजले राखेको छ । व्यवहारिक ज्ञान र सीपलाई प्राथमिकतामा राखेर तयार पारिएको कलजको पाठ्यक्रमले विद्यार्थीलाई उद्यमशील संस्कारमा परिचित गराउने छ भन्ने कुरामा सञ्चालकहरु विश्वस्त रहेका छन् ।

उक्त पाठ्यक्रमले विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक परियोजनामा सहभागी गराउने उद्देश्य राखेको छ । क्लास डिस्कसन, प्रेजेन्टेसन र टिमवर्कले विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्ने विश्वास पनि गरिएको छ ।

साथै प्रगतिशील सुधारका लागि साप्ताहिक मूल्याङ्कन प्रणालीसमेत लागू गरिएको छ । त्यसैगरी समुदायसँगको सम्बन्ध बलियो बनाउन विद्यार्थीलाई सामाजिक जिम्मेवारीबारे सचेत बनाउँदै जीवन उपयोगी सीप विकासमा सहयोग पु¥याउने लक्ष्य पनि कलेजले लिएको छ ।

इम्बार्क  कलेजले शिक्षालाई  उद्योग र समाजसँग जोड्ने दृष्टिकोणका साथ आफ्नो यात्रा सुरु गरेको छ । कलेजले सीपमा आधारित शिक्षाका माध्यमबाट विद्यार्थीलाई व्यावसायिक र व्यक्तिगत रूपमा सशक्त बनाउँदै नेपालको शैक्षिक परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको छ ।

prabhu mahalaxmi
kumari