sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतमलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले वित्तीय क्षेत्रका अनुभवी गौतमलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

वित्तीत तथा  बीमा क्षेत्रका अनुभवी र उत्कृष्ट निर्णय लिन सक्ने क्षमता भएका व्यक्ति हुन् कमल गौतम । उनको नेतृत्वमा कम्पनीले उल्लेख्य प्रगती गर्ने कम्पनी सञ्चालक समितिले विश्वास लिएको छ ।

हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुनुभन्दा पहिला उनले एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा समेत काम गरिसकेका अनुभवि व्यक्ति हुन् ।

उनी कम्पनीका कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै समुहमा उत्कृष्ट नतिजा दिन सक्ने क्षमता भएका व्यक्ति हुन् ।

बैंक तथा बीमा क्षेत्रमा तीन दशक अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन।

कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्रवण रावललेको निधन पश्चात कम्पनीका महाप्रबन्धक  डोरिन्द्रराज दाहालले  निमित्त कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी बहन गरेका थिए ।

prabhu bank
nawakantipur long