stcnepal long ad
himalayan life insurance long ad

सिभिल मलमा एससिटी–युपिआइ कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सुविधा सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड  र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मल  बिच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।

यस सेवा अन्तर्गत  SCT–UPI कार्डधाराकहरूले आफ्नो SCT–UPI कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नुहुनेछ । २०८१ मङ्सिर १६ गतेदेखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुनेछ ।

SCT-UPI डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले SCT को कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नुहुनेछ ।

SCT-UPI कार्डधाराकहरूले आगमी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नुहुनेछ ।