sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नाडा र चीनको सीसीपीआईटी–अटो बिच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर

अटो क्षेत्रमा सहकार्य गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा दुई देशका व्यापारिक प्रतिनिधि मण्डलबिच विभिन्न विषयमा छलफल भएको र सोही क्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चाइनिज काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड अटोमोबाइल (सीसीपीआईटी–अटो) विच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौताले नेपाल र चीनबिच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा  दिगो  विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ । व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ ।

सम्झौता अन्तर्गत नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ ।

त्यसैगरी सीसीपीआईटी–अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ ।

यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिनेछ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम भएको नाडाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधित्व गर्दे नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उपे्रती समेतको उपस्थिति रहेको छ ।

gold
prabhu bank
nawakantipur long