citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

पूर्वमुख्यसचिव अर्यालले दिए राजीनामा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं। पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन्। उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेलगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएका हुन्।

भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए।

अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा दायर गरेको मुद्दामा अर्यालले कात्तिक १४ मा विशेष अदालतबाट सफाइ पाएका थिए।

विशेष अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो। उनलाई भ्रष्टाचार मुद्दा दर्ता भएपछि मन्त्रिपरिषद्ले योजना आयोगमा विशिष्ट श्रेणीको पद सिर्जना गरेर सरुवा गरेको थियो।

gold
himalayan life insurance long ad